किन्डर भन नेपाल नामक संस्थाले टेकानपुरका सात जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ । जर्मनी संस्था केभिएनले मोलुङ गाउँपालिका–२ को ग्रामोदय आधारभुत विद्यालयका सात जना विद्यार्थीलाई शैक्षिक सामाग्री र छात्रवृत्ति प्रदान गरेको हो ।
संस्थाकी कोअर्डिनेटर उमा कार्की बानिया र रिपोर्टर उत्सव बानियाले विद्यालयमै पुगेर झोला, जुत्ता, ट्राक सुट र स्टेशनरीका सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका छन् ।
विद्यार्थीको अध्ययन र विद्यालयको शैक्षिक सुधारका लागि सहयोग प्रदान गरेकोमा संस्थााई प्रधानाध्यापक सिताराम दाहालले धन्यवाद व्यक्त गरेका छन् । प्रअ दाहालले आगामी दिनमा पनि सहायेगलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
प्रतिक्रिया