ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका–९ मैदानेमा बौद्ध चैत्य बनेको छ । सहयाेगी दाताहरुको आर्थिक तथा श्रमदान मार्फत चैत्य निर्माण गरिएको हो ।
दाताहरु बाट संकलन भएको ४० लाख, वडा कार्यालय मार्फत ३० हजार बराबरको सहयोग र स्थानियको श्रमदानले बौद्ध चैत्य बनेकाे वडा अध्यक्ष तथा निर्माण प्रचार प्रसार विभाग प्रमुख ङवाङ फुरी शेर्पाले बताए ।
शेर्पा समुदायको बाक्लो बस्ती रहेको मैदानेमा धार्मिक अनुष्ठानका लागि ३५ फिट अग्लो बौद्ध चैत्य निर्माण गरिएको शेर्पाले जानकारी दिए । ल्हाबब छर्योतेन (देवातार चैत्य) को बिहीबार प्राण प्रतिष्ठा सहित उद्घाटन गरिएको छ ।
धर्मगुरु महाउपदेय खेन साङ्गे राङ्ज्युङ रिन्पोछे र गाउँपालिका अध्यक्ष गम्बु शेर्पा साथै अन्य लामा गुरुहरुद्वारा उद्घाटन गरिएको छ । गत कात्तिक देखि चैत्यको निर्माण सुरु गरिएको थियो ।
प्रतिक्रिया