खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ओखलढुंगाको गोदाममा ३६८.७५ क्वीन्टल चामल मौज्दात रहेको छ । गोदाममा चार प्रकारको चामल ३६८.७५ क्वीन्टल र चिनी ४८ क्वीन्टल मौज्दात रहेको शाखा प्रमुख बिना घिमिरेले बताईन् ।
यस वर्षको दुई हजार क्वीन्टल चामलको कोटा रहेको र हालसम्म एक हजार एक सय क्वीन्टल ढुवानी भईसकेको घिमिरेको भनाई छ । बाकी नौं सय क्वीन्टल पनि ढुवानी हुने क्रममा छ । सर्वसाधारणलाई आवश्यकताका आधारमा लिमिटेडले खाद्यान्न बिक्री गर्ने गरेको छ ।
स्टिम जिरा तथा स्टिम जिरा फोर्टिफाइड र अरुवा सोना तथा अरुवा सोना–फोर्टिफाइड चामल मौज्दात छ ।
प्रतिक्रिया