ओखलढुंगामा वनको डढेलो गाउँ पस्दा एक घर जल्यो

ओखलढुंगामा वनको डढेलो गाउँ पस्दा एक घर जल्यो


भिजन समाचार
5.4k
Shares

ओखलढुंगामा वनमा लागेको डढेलो गाउँ पस्दा एक घर जलेको छ । चार लाख बरारबरको क्षति भएको छ । चिसंखुगढी गाउँपालिका–८ भालुखोप सामुदायिक वनमा लागेको आगो अनियन्त्रित भई गाउँ पस्दा सबिन राईको घर जलेको हो ।

राईको ढुंङ्गा माटोले बनेको फुसको छानो भएको एक तले घर र घरमा रहेको लत्ताकपडा, अन्नपात भाडा बर्तन गरि करिब चार लाख बरारको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

यस सँगै जिल्लाका अन्य विभिन्न वन–जंगलमा पनि आगलागी भइरहेका छन् ।

आगलागीको यकिन कारण नखुलेको, भौगोलिक विकटता र हावाहुरीका कारण आगलागी नियन्त्रणमा चुनौति रहेको प्रहरीले जनाएको छ ।  आगलागी भइरहेका स्थानमा प्रहरी, सुरक्षा निकाय र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सुख्खा मौसममा आगलागीको जोखिम उच्च रहेकाले आगोको प्रयोगमा विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । आगो लगाउने मानिसको पहिचान र खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।