सिद्धिचरणको गाउँमै बाली उपचार

सिद्धिचरणको गाउँमै बाली उपचार



ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको गाउँ गाउँमा पुगेर बाली उपचार गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाले विभिन्न वडाका गाउँका कृषकको घर खेत बारिमा पुगेर बाली उपचार गरिएको हो ।

शिविर आयोजना गरेर कृषकका बाली बिरुवाको गाउँमै उपचार गरिएको कृषि शाखा प्रमुख अस्मिता दाहालले बताईन् । वडा नं. ७ र १० मा शिविर सञ्चाल गरि बाली उपचार गरिएको दाहालको भनाई छ ।

दुई वडाका ८५ जना कृषकहरुले बोटबिरुवा तथा बाली उपचार सेवा लिएका छन् । परिक्षणका क्रममा खुर्सानीमा लाग्ने औँसा किरा, आपमा म्याङ्गो माल्फर्मेशन, केरामा पानामा विल्क, सुन्तलामा फुल झर्ने, तरकारीमा लाई किरा लगायतको समस्या देखिएको थियो ।

टमाटर, काँक्रा लगायत तरकारी बालीमा टुटा अप्सुलेटा, तोरी सागमा लाई किराको प्रकोप भेटिएको प्रमुख दाहालले जानकारी दिईन् ।

बाली तथा बोट बिरुवाको विज्ञ मार्फत समस्याको पहिचान गरि आवश्यक परामर्श सहित कृषकहरुलाई औषधि र बिषादी वितरण गरिएको छ ।

शाखाले चालु आर्थिक बर्षमा विनियोजित ५० हजार बजेटले कृषकका गाउँ घरमै पुगेर शिविर सञ्चालन गरेको जनाएको छ ।