बुधबार ओखलढुंगाको रुम्जाटारमा हवाईजहाज आउने भएको छ । जहाज मर्मतका कारण रोकिएको उडान बुधबार देखी पुनः सुरु हुने सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा संघीय सांसद रामहरी खतिवडाको पहलमा नेपाल वायु सेवा निगमको जहाजले रुम्जाटारमा हप्तामा एक दिन उडान भर्ने भएको छ ।
करिब पाँच वर्ष पछि सभापति खतिवडाको पहलमा केही महिना अघि देखि रुम्जाटारमा जहाज आएको थियो ।
प्रतिक्रिया