बाँसको सामग्री बनाउने तालिम प्रदान

बाँसको सामग्री बनाउने तालिम प्रदान


भिजन समाचार
530
Shares

गाउँ घरमै सर्व शुलभ तरिकाले बाँस उलब्ध हुन्छ । बाँस बाट विभिन्न प्रकारका सामाग्री बनाउन सकिन्छ । सोही बाँसको सामाग्री निमार्ण गरि स्थानियलाई व्यवसायी बनाउने उद्देश्यले बाँसको सामाग्री बनाउने सीप सिकाईएको छ । ओखलढुंगाको मोलुङ गाउँपालिका–२ बरुणेश्वर रामपुरका १५ स्थानीयलाई बाँसको सामाग्री निर्माण गर्ने तालिम दिईएको हो ।

लोकतान्त्रिक सामुदायिक सिकाई केन्द्रको आयोजनामा गाउँपालिकाको वडा नं. १, २, र ४ का १५ जनालाई तालिम प्रदान गरिएको संस्थापक अध्यक्ष दाताराम लुईटेलले बताए । सहभागीहरुलाई बाँस बाट निर्माण गर्न सकिने १३ प्रकारका सामाग्री बनाउन सिकाईएको लुईटेलले बताए । कुर्सी, टेबल, दराज, फोटो फ्रेम, बास्केट लगायतका सामाग्री निर्माण गर्ने सीप प्रदान गरिएको लुईटेलको भनाई छ ।

एक महिना सम्म सञ्चालन भएको तालिममा दुई पुरुष र १३ जना महिलाले सीप सिकेका छन् ।   स्थानीय कच्चा पदार्थ मार्फत उद्यमी बनाई जिविकोपार्जन सुधार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

मोलुङ गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । समापन तथा सहभागीलाई प्रमाणपत्र वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष उत्तम राईले सिकेको सीपलाई व्यवहारिक रुपमा लागु गरेर उद्यमी बन्न सुझाव दिएका छन् ।