यातायात व्यवस्था कार्यालयको सेवा मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरबाट दिन थालिएको छ । ओखलढुंगाको रुम्जाटारमा रहेको कार्यालयले गत चैत पहिलो साता देखी हर्कपुर बाट सेवा दिन थालेकाे हो ।
पटके सेवा, ब्ल्यु बुक नविकरण, जाँचपास र रुट परमिटको सेवा दिने गरि सम्पर्क कार्यालय स्थापना गरिएको इन्चार्ज अधिकृत छैठौँ कपिलमणी दाहालले बताए । हालसम्म पटके सेवा १२६, ब्ल्यु बुक नविकरण ३०, रुट परमिट तीन र जाँचपासको दुई वटा सेवा प्रवाह भएको दाहालले जानकारी दिए ।
मध्ये पहाडी र सिद्धिचरण लोकमार्गमा गुड्ने सवारी साधनलाई लक्षित गरेर यहाँ सेवा कार्यालय स्थापना भएको हो । ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, उदयपुर, सिन्धुली र रामेछापका सेवा ग्राहीलाई समेत सेवा दिने कार्यालयको लक्ष छ ।
ओखलढुंगाको हर्कपुर खोटाङ, उदयपुर र सिन्धुलीको संगम स्थल हो । यातायात व्यवस्था कार्यालय रुम्जाटारको समन्वयमा सेवा प्रदान भइरहेको कार्यालय प्रमुख गाविन्द आचार्यले बताए ।
प्रतिक्रिया