विद्युत सर्ट भएर पसलमा आगलागी, १० लाख क्षति

विद्युत सर्ट भएर पसलमा आगलागी, १० लाख क्षति


भिजन समाचार
1.8k
Shares

ओखलढुंगाको चिशंखुगढीमा विधुत सर्ट भएर किराना पसलमा आगलागी भएको छ । वडा नं.१ को गैरीगाउँमा टेकबहादुर खत्रीले सञ्चालन गरेको पसल आगलागीमा परेको हो ।

पसलमा भएको दुई लाख नगद, दुई तोला सुन, लगायत पसलको समान जलेर नष्ट हुँदा करिब १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले बताए ।

आईतबार राती ९ बजेको समयमा विधुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीका कारण भौतिक र आर्थिक क्षति भए पनि मानविय र पशुचौपायामा क्षति नभएको प्रहरी निरीक्षक कार्कीले बताए ।

घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।