ओखलढुंगामा ५६ जनाले एसइई दिएनन्

ओखलढुंगामा ५६ जनाले एसइई दिएनन्


भिजन समाचार
3.9k
Shares

ओखलढुंगा सहित देश भर आज देखि माध्यमिक शिक्षा परिक्षा (एसइई) शुरु भएको छ । जिल्लामा ५६ विद्यार्थीले परिक्षामा अनुपस्थीत भएका छन् । १७ वटा परिक्षा केन्द्रबाट दुई हजार १६५ जना विद्यार्थीले परिक्षा दिएका छन् । दुई हजार २२० जना विद्यार्थीले परिक्षाका लागि फारम भरेका थिए ।

पहिलो दिनको परिक्षामा साधारण धारतर्फ दुई हजार १६ जना, प्राविधिक धारतर्फ १०५ र ग्रेडवृद्धितर्फ ४४ जना गरि कुल दुई हजार १६५ जनाले परिक्षा दिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख सुरेश ढकालले जानकारी दिए ।

परिक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य शिक्षक र विद्यार्थीलाई मोबाइल लैजान निषेध गरिएको छ ।  किताब, नोटबुक र गेसपेपर जस्ता सामाग्री हलमा लैजान कढाईका निषेध गरिएको प्रमुख ढकालले बताए ।