८७ जना शिक्षकलाई नियुक्ती पत्र प्रदान

८७ जना शिक्षकलाई नियुक्ती पत्र प्रदान


भिजन समाचार
2.6k
Shares

शिक्षक सेवा आयोग उत्तिर्ण भएका प्राथमिक तह तृतिय श्रणीका ८७ जना शिक्षकलाई नियुक्ती पत्र प्रदान गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाले नियुक्ती पत्र प्रदान गरेको हो ।

सिद्धिचरण नगरपालिकामा नौं जना, मानेभञ्ज्याङमा १४ चिशंखुगढीमा १२,  मोलुङमा १२, सुनकोशीमा नौं, चम्पादेवीमा आठ, लिखुमा आठ र खिजीदेम्बा गाउँपालिकामा १५ जना शिक्षक नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेश ढकालले बताए ।

जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरी नव प्रवेसी शिक्षकहरुलाई बधाई तथा शुभकामना दिईएको छ ।

उनिहरुलाई भोली र पर्सी अभिमुखीकरण तथा सेवा प्रवेश तालिम प्रदान गरिने कार्यालयले जनाएको छ । सम्बन्धीत पालिकाले ती शिक्षकलाई पुनः नियुक्ती दिएर बिद्यालयमा पठाउने छन् ।