प्रधानमन्त्री कृषि आधुनिकीकरणः योजना तर्जुमा गाेष्ठि

प्रधानमन्त्री कृषि आधुनिकीकरणः योजना तर्जुमा गाेष्ठि



प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकाे योजना तर्जुमाका लागी गोष्ठि गरिएको छ । परियोजना कार्यान्वय इकाई ओखलढुंगाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना तर्जुमा गर्न सरोकारवाला सँग छलफल गरिएको हो ।

नागरिकको उन्नति र समृद्धिको आधार कृषि भए पनि उर्वर जमिन बाँझो हुने क्रम बढेकोले कृषि र कृषकलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले बताए ।

कार्यक्रमको प्रभावकारितालाई विश्लेषण गरेर आगामी योजना बनाउनु पर्ने सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको भनाई छ । वास्तविक किसान भन्दा चलाख व्यक्तिहरुले अहिले सम्म बढि अनुदान पाएकाले आगामी दिनमा वास्तविक र मेहनती किसान सम्म अनुदान पुग्ने खालको कार्यक्रम सञ्चालन गर्न चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले सुझाव दिएका छन् ।

कृषि क्षेत्रबाट कृषकहरुको जिवनस्तर उकास्न परियोजना मार्फत विभिन्न पालिकाहरुमा सञ्चालन भईरहेको जोन कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन आवश्यक रहेको परियोजना कार्यान्वयन इकाईका निमित्त बरिष्ठ कृषि अधिकृत हेम बहादुर आले मगरले बताए । गोष्ठिमा जनप्रतिनिधी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।