ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले राष्ट्रिय परिचयपत्र वितरण गर्न सुरु गरेको छ । विवरण भरेर बनेर आएका कार्डहरु गाउँपालिकाले वितरण गर्न थालिएको हो । आज गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली मार्फत स्थानिय धन बहादुर राई लगायत चार जनालाई परिचयपत्र वितरण गरेर सेवाको प्रारम्भ गरिएको छ ।
पालिकामै बायोमेट्रिक गरेर कार्ड लिने व्यवस्था लागु भए सँगै बनेर आएका परिचयपत्र लिन अब प्रशासन धाउनुपर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए । सत्र सय जनाको कार्ड बनेर आएको पालिकाको सामाजिक सुरक्षा तथा पञ्जिकरण शाखाकी एमआइएस अपरेटर भिम कुमारी श्रेष्ठले जानकारी दिइन् ।
राष्ट्रिय परिचयपत्रका लागि यस अघि विवरण भरेकाहरुले गाउँ पालिका मार्फत परिचयपत्र प्राप्त गर्ने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया