आज नेपालको पहाडी क्षेत्रमा रङ्गको पर्व होली मनाईदै छ । रहेक वर्ष फागु पुर्निमाको दिन मनाईने होली पर्वलाई अनुशासित तरिकाले मनाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्ला बासिमा अनुरोध गरेको छ ।
सूचना सार्वजनिक गरेर अमर्यादित, उच्छृङ्खल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेमा कानुन अनुसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।
व्यक्तिको ईच्छा विपरीत जवरजस्ती रङ्ग हान्ने, लोला हान्ने, फोहोर पानी छ्याप्ने, बाटोमा हिड्ने यात्रीहरुलाई दुःख, हैरानी तथा कष्ट दिने कार्य नगर्न सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालद्वारा जारी सूचनामा उल्लेख छ ।
बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध सिर्जना गर्ने, मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, सार्वजनिक स्थानहरुमा हो–हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु गर्नेलाई कानुन अनुसार कारबाही हुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया