सवारी दुर्घटना सम्भावित स्थानहरुमा सचेतना बोर्ड राखिने भएको छ । सिद्धिचरण नगरपालिकाको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले जिल्लाका विभिन्न सडक मार्गहरुमा दुर्घटना न्युनिकरणका लागि सचेतना बोर्ड राख्ने भएको हो ।
नगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई २० वटा सचेतना बोर्ड तयार गरेर उपलब्ध गराएको छ । ट्राफिक संकेत, नियम र सतर्कता, सचेतना सन्देश लेखिएको २० वटा सचेतना बोर्ड नगरप्रमुख तेजेन्द्र खनालले जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब निरीक्षक आशिष काफ्लेलाई आज हस्तान्तरण गरेका छन् ।
दुर्घटनाको जोखिम क्षेत्रमा राख्न र सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीलाई सचेतनामुलक बोर्ड उपलब्ध गराईएको प्रमुख खनालले बताए । सिद्धिचरण राजमार्ग अन्तर्गत सरमुकाम क्षेत्र देखि सिद्धिचरण नगरपालका–६ ठाडेसम्म ट्राफिक जानकारी मुलक बोर्ड राखिने जिल्ला ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए ।
यसैबिच नगरपालिकाले सवारी साधनमा हुने आगलागी तत्काल नियन्त्रणमा सहयोग पुगोस भनेर दुई वटा फाइर इक्स्टिङ्ग्विसर पनि प्रदान गरेको छ ।
प्रतिक्रिया