ओखलढुंगाका रुग्ण र अलपत्र विकास निर्माणलाई सम्पन्न गर्न प्राथमिकताका साथ काम गरिने प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । भर्खरै प्रमुख जिल्ला अधिकारीका रुपमा ओखलढुंगा आएका सुवेदीले लामो समय देखी जिल्लामा अलपत्र परेका विकास निर्माणका कामलाई प्राथमिकता दिईने बताएका हुन् ।
विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्ने प्रजिअ सुवेदीले प्रतिवद्धता व्यक्त गरे । स्थानीय तह र सरोकारवाला निकायसँगको समन्वयमा अलपत्र विकासका कामलाई गति दिने प्रजिअ सुवेदीले बताएका छन् ।
यसका साथै जिल्लाको शान्ति सुरक्षा, सुशासन कायम गर्न तर्फ पनि विशेष योजना बनाएर काम गरिने प्रजिअ सुवेदीले बताए । जिल्ला प्रशासन कार्यालयको कामलाई गनासोरहित र नागरिकमैत्री बनाईने साथै आवश्यकता अनुगमन, निरीक्षण र निर्देशनको गरिने प्रजिअ सुवेदीले जानकारी दिए ।
१० वर्ष देखी तत्कालिन जिल्ला शिक्षा कार्यालयकाे भवन निर्माणकाे काम अलपत्र परेकाे छ । भवन निर्माणका लागि सम्याइएकाे घडेरी र जग उत्तीस घारी भएकाे छ । यसका साथै जिल्लाका केही आयाेजनाहरु अलपत्र अवस्था रहेकाे बताइएकाे छ ।
प्रतिक्रिया