४८ जनाकाे आँखामा मोतिबिन्दु

४८ जनाकाे आँखामा मोतिबिन्दु


भिजन समाचार
2.4k
Shares

ओखलढुंगामा ४८ जनामा मोतिबिन्दुको समस्या भएका विरामी फेला परेका छन् । जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरबाट ४८ जना मोतिबिन्दुको विरामी फेला परेका हुन् ।

सिद्धिचरण नगरपालिका, मानेभञ्ज्याङ, मोलुङ र चिशंखुगढी गाउँपालिकाको केही वडामा सञ्चालन गरिएको शिविरमा ७२२ जनाको आँखा परिक्षण गर्दा ४८ जनामा मोतिबिन्दुको समस्या देखिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले बताईन् ।

शिविरमा मोतिबिन्दुको समस्या पहिचान भएकाहरुको सहुलियतमा शल्यक्रिया उपचारको व्यवस्था गरिने प्रमुख राईले जानकारी दिईन् । केन्द्रले वडा तथा पालिकाको समन्वयमा जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क आँखा स्वास्थ्य परिक्षण शिविर सञ्चालन गर्ने गरेको छ ।