अब देखि विपद प्रभावितले सम्बन्धीत आफ्नाे पालिका बाट राहत पाउने भएका छन् । यस अघि जिल्ला प्रशासन कार्यालय मार्फत वितरण हुदै आएको राहत नयाँ मापदण्ड लागु भए सँगै स्थानिय तह बाट वितरण हुने भएको हो ।
‘विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत मापदण्ड–२०८१’ नेपाल सरकारबाट स्वीकृत भई कार्यान्वयनमा आए सँगै स्थानिय तह बाट राहत पाउने व्यवस्था लागु भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सूचना जारी गर्दै विपद पछिको राहतका लागि सम्बन्धित स्थानिय तह मार्फत लिनका लागि नागरिकलाई सूचित गराएको छ ।
विपदबाट प्रभावित भएका व्यक्ति तथा परिवारलाई बहुआयामिक दृष्टिकोणबाट सम्बोधन गर्ने उद्देश्यले नयाँ मापदण्ड सरकारले ल्याएको सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनालले बताए । नयाँ मापदण्ड अनुुसार यस अघि प्रमुख जिल्ला अधिकारीले प्रत्यक्ष दिँदै आएको नगद र जिन्सी लगायतका राहत, अनुदान र सहायताहरु अब स्थानीय तह मार्फत वितरण हुने खनालले जानकारी दिए ।
आगोलागी, बाढी, पहिरो, भूकम्प जस्ता प्रकोपका कारण विपत्ति परेमा सम्बन्धित स्थानीय तहबाटै राहत प्रदान हुने भएकाले स्थानीय तहमा समन्वय गर्न जिल्ला प्रशासन कार्यालयले सूचित गरेको छ ।
प्रतिक्रिया