ओखलढुंगामा एसइइ दिने विद्यार्थीको संख्या घट्दै

ओखलढुंगामा एसइइ दिने विद्यार्थीको संख्या घट्दै



ओखलढुंगामा माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिने विद्यार्थीको संख्या बर्षेनी घट्दो क्रममा रहेको छ । चार शैक्षिक शत्रलाई अध्ययन गर्दा परिक्षमा सहभागी विद्यार्थीको संख्या घट्दो क्रममा पाईएको छ ।

चालु शैक्षिक शत्र २०८१ मा जिल्ला बाट दुई हजार २२० जनाले एसइइ दिने तथाङ्क छ । जुन अघिल्लो शैक्षिक शत्र भन्दा २६२ जना कम विदार्थीले परिक्षा दिन लागेका हुन् । शैक्षिक शत्र २०८० मा दुई हजार ४८० जनाले एसइइ दिएका थिए ।

शैक्षिक शत्र २०७९ मा दुई हजार ६३१ र २०७८ मा दुई हजार ९३७ जनाले एसइइ दिएको तथ्याङ्क कार्यालयमा रहेको शिक्षा विकास तथा समन्वय ईकाइका सूचना अधिकारी विष्णु प्रसाद कडेलले बताए । यी चार शैक्षिक शत्रको तथ्याङ्कलाई तुलना गर्दा वर्षेनी एसइइ दिने विद्यार्थीको संख्या घटिरहेको पाईन्छ ।

एसइइ दिने विद्यार्थीको संख्यामा कमी आउनुको मुख्य कारण शैक्षिक बसाईसराई, न्युन जन्मदर हुन सक्ने सूचना अधिकारी कडेलले बताए । समग्रमा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयहरुमै विद्यार्थीको संख्या घट्दो क्रममा रहेको कडेलको भनाई छ ।