ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा ११५ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको उपाधी मोलीले जितेको छ । शनिबार भएको फाईनल खेलमा लिखु गाउँपालिकाको यसमलाई हराउदै मानेभञ्ज्याङ गाउँपालिका–१ मोली विजयी भएको हो ।
फागुन २१ बाट सञ्चालन भएको खेलमा खिजीदेम्बा गाउँपालिका–२ रगनी तृतिय भएको छ, भने खिजीदेम्बा गाउँपालिका–४ खिजीकाति सान्त्वना भएको छ । प्रतियोगितामा १७ समूह सहभागि भएका थिए । प्रतियोगितामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना समूहले क्रमशः एक लाख एक हजार, ७६ हजार, ५१ हजार र २५ हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार प्राप्त गरेका छन् ।
विषयगत विधा तर्फ उत्कृष्ट, अनुशासीत खेलाडीले जनही तीन हजार ५५५ नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै उत्कृष्ट स्पाईकर, डिफेन्डर, सेटर र सर्भरले पनि दुई हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।

प्रतिक्रिया