नगरका युवाहरु प्रस्तावना लेखन सीप सिक्दै

नगरका युवाहरु प्रस्तावना लेखन सीप सिक्दै


भिजन समाचार
901
Shares

सिद्धचरण नगरपालिकाका युवाहरूले सृजनात्मक क्षमतालाई अभिवृद्धि गर्न प्रस्तावना लेखन सीप सिकेका छन् । सहयोगी हातहरुको समूह (सहास) नेपालले उनिहरुका लागि प्रस्तावना लेखन तालिम सञ्चालन गरेको हो ।

नगरपालिकाको वडा नं.१, २, ३, ६ र ९ का समुदायमा आधारित संजाल र मुल समितिका १९ जना युवाहरु तालिममा सहभागी छन् । सहास नेपालको लिफ्ट परियोजना मार्फत आयोजना गरिएको तालिममा ११ महिला र आठ जना पुरुष सहभागी रहेको लिफ्ट परियोजनाका पैरवी तथा साझेदारी सहजकर्ता सुनेश श्रेष्ठले बताए ।

समुदायमा आधारित संजाल संस्था तथा मुल समितिका पदाधिकारीको क्षमता विकास साथै योजना निर्माण बारे सीपमुलक तालिम सञ्चालन गरिएको लिफ्ट परियोजना अधिकृत अनिल सोडारीले बताए ।

प्रशिक्षक चण्डेश्वरी श्रेष्ठले प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक र व्यवहारिक सीप सिकाई रहेका छन् । स्थानिय तह साथै विभिन्न निकायमा योजना माग गर्नका लागि प्रस्तावना सीप अति उपयोगी हुन्छ ।