जनप्रिय माविको वेवसाइट सार्वजनिक

जनप्रिय माविको वेवसाइट सार्वजनिक


भिजन समाचार
2.4k
Shares

सोलुखुम्बुको जनप्रिय माध्यमिक विद्यालयले वेवसाइट सार्वजनिक गरेको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नं.–१० स्थित जनप्रिय माविले विद्यालयलाई प्रविधिमैत्री बनाउन वेवसाइट निर्माण गरेर सार्वजनिक गरिएको हो ।

बुधबार विद्यालयमा एक कार्यक्रमकाबीच समाजसेवी आङ ङिमा शेर्पा (गोर्जा) को उपस्थितिमा वेवसाइट सार्वजनिक गरेको छ ।

विद्यालयलाई प्रविधिमैत्री बनाउँदै, विद्यालयका महत्वपूर्ण सूचना, गतिविधिहरु पारदर्शी बनाउन र डिजिटल माध्यममार्फत सरोकारवालाले प्रत्यक्ष रुपमा सम्पर्क गर्न सहज हुने भएकाले समाजसेवी शेर्पाको आर्थिक सहयोगमा वेवसाइट निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक घनश्याम कार्कीले जानकारी दिए ।

यसैबिच समाजसेवी शेर्पाले स्वर्गीय बुवा जाङबु शेर्पा (कान्छा गोर्जा) को स्मृतीमा विद्यालयमा एक जना निजी शिक्षक व्यवस्थापनको लागि प्रति महिना २० हजारको दरले तलब रकम उपलब्ध गराउने भएका छन् । विद्यालयका लागि बुधबार शेर्पाले उक्त रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका छन् ।

यस्तै दाताहरुबाट अक्षयकोषका लागि सहयोगको रुपमा संकलन भएको पाँच लाख ९५ हजार रकम सङ्कलन र विद्यालयमा आवश्यक खेलकुद सामग्रीहरु हस्तान्तरण समेत हस्तान्तरण गरेका छन् ।

समाजसेवी शेर्पाका स्वर्गीय बुबा, विद्यालयका संस्थापक सदस्य तथा प्रथम विद्यालय सेक्रेटरी जाङबु शेर्पा (कान्छा गोर्जा) को पहलमा विद्यालय वि.सं. २०१४ सालमा स्थापना भएको थियो ।

वेवसाइट सार्वजनिक तथा रकम हस्तान्तरण कार्यक्रममा वडाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिकिा सदस्य, अभिभावक, विद्यार्थी लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।