स्थानिय तह बाट राष्ट्रिय परिचयपत्र वितरण हुने

स्थानिय तह बाट राष्ट्रिय परिचयपत्र वितरण हुने


भिजन समाचार
5.9k
Shares

ओखलढुंगा सहितका तीन जिल्लामा अब राष्ट्रिय परिचयपत्र सम्बन्धित स्थानीय तहबाट वितरण हुने भएको छ । ओखलढुंगा, सोलुखुम्बु र खोटाङ जिल्लाका स्थानिय तह बाट राष्ट्रिय परिचय पत्र वितरण हुने भएको हो । जिल्ला प्रशासन कार्यालय बाट वितरण हुदै आएको परिचय पत्र सम्बन्धित स्थानिय तहबाट वितरण गरिने भएको छ ।

पालिकाबाटै सेवा सञ्चालनका लागि तीन जिल्लाका स्थानिय तहका एमआईएस अपरेटरहरुलाई तालिम दिइएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिंहदरबार काठमाण्डौका निर्देशक तुलसी प्रसाद दाहालले बताए । परिचयपत्र वितरणका लागि अद्यावधिक गर्न आवश्यक पर्ने ल्यापटप, फिंगर प्रीन्ट स्क्यानर, स्मार्ट कार्ड रिडर र यूएसबी हब लगायतका उपकरणहरु पालिकालाई वितरण गरिएको दाहालले जानकारी दिए ।

विभागले ओखलढुंगाका आठ, सोलुखुम्बुका आठ र खोटाङका दश स्थानिय तहका एमआईएस अपरेटर र जिल्ला प्रशासनका कर्मचारीलाई दुई दिने अभिमुखीकरण तथा तालिम दिईएको विभागले जनाएको छ ।