देउसी भैली खेलेर मन्दिर निमार्ण गरिएको छ । सुनकोशी गाउँपालिका–१ साँधीमा देउसी भैली खेलेर मन्दिर निर्माण गरिएको हो ।
गत तिहारमा खेलिएको देउसी भैलीको रकमले किरातेश्वर महादेवको मन्दिर निर्माण गरिएको श्री नमुना युवा क्लवका अध्यक्ष विश्व राईले बताए । क्लबको अगुवाईमा मन्दिर निर्माणका लागि तिहारमा देउसी भैली कार्यक्रम सञ्चालन गरिएको थियो ।
देउसी बाट संकलन भएको करिब तीन लाखको लागमा मन्दिर निर्माण गरिएको अध्यक्ष राईले जानकारी दिए । क्लबमा आवद्ध करिब २० घरले हप्ता दिन श्रमदान गरेको राईको भनाई छ । शिव रात्रीको अवसरमा वडा अध्यक्ष प्रकाश सापकाेटाकाे प्रमुख आतिथ्यतामा मन्दिरको उद्घाटन गरिएको क्लबका संरक्षक सल्लाहकार मात्रिका राईले जानकारी दिएका छन् ।
प्रतिक्रिया