खिजिदेम्बाको ‘मिनी म्याराथुनमा’ पुरुष तर्फ विक र महिला तर्फ शेर्पा प्रथम

खिजिदेम्बाको ‘मिनी म्याराथुनमा’ पुरुष तर्फ विक र महिला तर्फ शेर्पा प्रथम



ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा सम्पन्न मिनि म्याराथुनमा पुरुष तर्फ आकाश विक र महिला तर्फ लाक्पा निमा शेर्पा प्रथम भएका छन् । पुरुष तर्फ ५१ र महिला तर्फ २२ जना सहभागी धाबक मध्ये विक र शेर्पा प्रथम भएका हुन् ।

दश किलोमिटरको दुरी विकले दुई घण्टा ५२ मिनेटमा पुरा गरेका थिए । निर्धारित दुरी दुई घण्टा ५४ मिनेटमा पुरा गर्दै दिपेश थापा दोश्रो र दुई घण्टा ५६ मिनेटमा दुरी पार गर्दै धनराज कुलुङ तेश्रो भएका छन् ।

महिला तर्फ प्रथम भएकी शेर्पाले निर्धारित दुरी तीन घण्टा १९ मिनेटमा पुरा गरेका थिए । तीन घण्टा २९ मिनेटमा दुरी पार गर्दै प्रिया सुनुवार दोश्रो र तीन घण्टा ४२ मिनेटमा दोड पुरा गरि हिरामाया भुजेल तेश्रो भएकी छिन् ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो भएका धावकहरुले क्रमशः नगद रु. १५ हजार, १० हजार र पाँच हजार साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, पर्यटनको लागि खेलकुद“ भन्ने मुल नाराका साथमा नेपाल शेर्पा संघको आयोजनामा मिनि मेराथुन प्रतियाेगिता आयोजना गरिएको अध्यक्ष फुरी शेर्पाले बताए । खिजिदेम्बा गाउँपालिकाको प्रशासकिय भवन बाट विहान ७ बजे दौड सुरु भएको शेर्पाले जानकारी दिए ।

खेलकुद मार्फत पर्यटन प्रवद्र्धन, शारीरिक तन्दुरुस्ती र स्वस्थ जीवनशैलीको महत्वबारे सचेतना फैलाउन  खिजिदेम्बा गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिताको सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।