ओखलढुंगाका शिक्षकहरुले संघिय शिक्षा ऐन जारी गर्न माग गरेका छन् । नेपाल शिक्षक महासंघमा आवद्ध तथा महासंघ सम्वद्ध घटक संघठनहरुले २२ बुँदे माग सहित शिक्षा ऐनको माग गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगालाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
शिक्षक तथा विद्यालय कर्मचारीको माग सम्बोधन हुनेगरी संसदको हिउँदे अधिवेशन बाट विद्यालय शिक्षा ऐन जारी गर्न मागसहित शिक्षकहरुले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
अस्थायी प्रकृतिको शिक्षक सम्बन्धमा, कार्यसम्पादन मूल्याङ्कन, शिक्षक कर्मचारीको सरुवा लगायतका विषयलाई विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने, विगतमा भएको सबै सहमति सम्बोधन हुनेगरी विद्यालय विद्यार्थी शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गराउन आन्दोलनमा जानु बाहेक अरु विकल्प नरहेको ज्ञापनपत्रमा उल्लेख छ ।
प्रतिक्रिया