बुद्धिजीवी अध्यक्षमा दाहाल निर्वाचित

बुद्धिजीवी अध्यक्षमा दाहाल निर्वाचित


भिजन समाचार
4.2k
Shares

नेपाल बुद्धिजीवी परिषद ओखलढुंगाको अध्यक्षमा युवराज दाहाल निर्वाचित भएका छन् । परिषदको चौथो जिल्ला अधिवेशनले दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला समिति चयन गरेको छ ।

परिषदको उपाध्यक्षमा माधब कार्की,  सचिवमा दिनेश धमला, सह–सचिवमा सुजन तामाङ  र कोषाध्यक्षमा मिना तामाङ चयन भएका छन् । सदस्यहरुमा फडिन्द्र गौतम, काशीराज धमला, पुष्पराज धमला, पुष्कर ढकाल, किशोर सुनुवार रहेका छन् ।

यस्तै केन्द्रिय प्रतिनिधिमा शिव प्रसाद नेपाल र प्रदेश प्रतिनिधिमा हिरालाल धमला छनौट भएको निवर्तमान सचिव कौशल घिमिरेले बताए । नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य इच्छा कुमारी गुरुङको प्रमुख आतिथ्यतामा अधिवेशन भएको थियो ।