किसानलाई जैविक बिषादी बनाउने तालिम

किसानलाई जैविक बिषादी बनाउने तालिम


भिजन समाचार
2.2k
Shares

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ मुगाछापका किसानलाई जैविक बिषादी बनाउने तालिम दिईएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले किसानलाई तालिम प्रदान गरेको हो ।

कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार मुगाछापका २० जना कृषकहरुलाई जैविक विषाधी बनाउने सीप प्रदान गरिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख टिका बानियाले बताए । जैविक बिषादी बनाउन प्रयोगात्मक तालिम पछि किसानलाई ड्रम, हजारी र इएम प्रदान गरिएको प्रमुख बानियाले बताए ।

बजारमा पाइने बिषादीले वातावरण, मावन र जिवजन्तुलाई हुने भएको कृषकहरुलाई गाउँ घरमा पाईने वनस्पती बाट विषादी बनाउन सिकाइएको कार्यालयले जनाएको छ । अर्गानिक एवम् व्यवसायी कृषि गर्ने वडाका कृषकलाई ज्ञान केन्द्रले प्रदान गरेको तालिम र सामानले प्रोत्साहन मिलेको वडा अध्यक्ष बलराम कटवालले बताए ।