समाजसेवी वाग्ले द्वारा प्रहरी पुस्तकालयलाई ६८ पुस्तक उपलब्ध

समाजसेवी वाग्ले द्वारा प्रहरी पुस्तकालयलाई ६८ पुस्तक उपलब्ध


भिजन समाचार
5.1k
Shares

जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा रहेको पुस्तकालयलाई समाजसेवी विकास वाग्लेले ६८ वटा पुस्तक उपलब्ध गराएका छन् । युवा व्यवसायी तथा समाजसेवी वाग्लेले भिजन एफएमका स्टेशन म्यानेजर रविन श्रेष्ठको पहलमा प्रहरी पुस्तकालयलाई पुस्तक सहयोग गरेका हुन् ।
कानुन सम्बन्धिका पुस्तकहरु, लोकसेवा, प्रहरी परीक्षा तयारीका पुस्तक, जीवनोपयोगी, नैतिक शिक्षा दिने पुस्तक लगायत उपन्यास, कथा, कविता, निबन्धका पुस्तक प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले पहलकर्ता श्रेष्ठ र सहयोगी वाग्लेलाई धन्यवाद दिएका छन् । प्रहरी कर्मचारीहरुको वृद्धि विकासका लागि पुस्तकालयमा उपयोगी पुस्तक प्राप्त भएको र सदुपयोग गरिने प्रनाउ खड्काले बताए ।
सिद्धिचरण नगरपालिका–९ निवासी वाग्ले पुर्व प्रहरी कर्मचारी हुन् । उनले ४० हजार मुल्य बराबरको पुस्तक सहयोग गरेको बताईएको छ ।
एक वर्ष अघि ओखलढुंगा घर भई हाल बेलायतमा बस्दै आएका नेपाल प्रहरीका पुर्व प्रहरी नायब उपरीक्षक शिवजी श्रेष्ठको जिल्ला प्रहरी कार्यालयमा पुस्तकालय स्थापना गरिएको थियो ।