नेपाल निजामती कर्मचारी युनियन ओखलढुंगाको अध्यक्षमा विवेक तामाङ सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाममा सम्पन्न युनियनको नवौं अधिवेशन बाट तामाङ अध्यक्षमा पुनः चयन भएका हुन् ।
सुनकोशी गाउँपालिकाको शिक्षा शाखा प्रमुख तामाङको अध्यक्षता खुल्ला उपाध्यक्ष नविन गिरी, उपाध्यक्ष महिला सरस्वती अधिकारी, उपाध्यक्ष समावेशी विरेन्द्र तामाङ, सचिव कमल खड्का, सह सचिव श्याम कटुवाल र कोषाध्यक्ष चेतबहादुर बस्नेत निर्वाचित भएका छन् ।
जिल्ला कार्य समितिमा नौ जना सदस्य निर्वाचित भएका छन् । अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा फणिन्द्र बहादुर कटवाल, मदन कार्की, विश्वराज दाहाल र शारदा राई छनौट भएका छन् । यसैगरि प्रदेश प्रतिनिधिमा पुञ्जल लुइटेल, प्रेमप्रसाद सुवेदी, जितेन्द्र कार्की, नवराज बानियाँ र हिमला अधिकारी तोकिएका छन् ।
प्रतिक्रिया