ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले युवायुवतिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाले पालिकाको सबै वडाबाट गरि ७३ जनालाई तीन महिने लोकसेवा पढाउन थालेको हो ।
आर्थिक बर्ष २०८१-०८२ मा बिनियोजित १५ लाख बजेटबाट चौथो, पाँचौ तह र अधिकृत तहका लागि तीन महिना निःशुल्क कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।

तीन महिनासम्म सहभागीहरुलाई खाना, बास र स्टेसनरीका सामाग्री समेत प्रदान गरेर लोकसेवा पढाइने उनको भनाई छ । दक्ष प्रशिक्षकहरुबाट दैनिक कक्षा सञ्चालन हुने बताउँदै उनले युवाहरुलाई सरकारी रोजगारीमा जोडिन सहयोग पुगोस भन्ने उद्धेश्यले तालिम सञ्चालन गरिएको बताए ।

बुधबार एक कार्यक्रमका बिच तालिमको उद्घाटन गरि कक्षा सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया