अन्तराष्ट्रिय किक बक्सिङ प्रतियोगितामा चिरन राईले देशका लागि काश्य पदक जितेका छन् । सुनकोशी गाउँपालिका–४ ओखलढुंगाका राईले सन् २०२५ फेब्रुअरी १ देखी ५ तारिख सम्म भारतमा भएको प्रतियोगितामा काश्य पदक जितेका हुन् ।
राई नेशनल किक बक्सिङ एसोसिएसन मार्फत सिंगो नेपालको प्रतिनिधित्व गर्दै फोर्थ वाको ईण्डीया खुला अन्तर्राष्ट्रिय किक बक्सीङ प्रतियोगितामा सहभागी भएका थिए । आर्थिक अभावले उनी सहयोग संकलन गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका हुन् । गाउँपालिकाले समेत उनलाई प¥याप्त आर्थिक सहयोग गरेको थिएन् ।
सुनकोशी गाउँपालिकाले उनलाई हवाई टिकटको लागी मात्र ३० हजार सहयोग गरेको बताईएको छ । बाँकी खर्च आफन्तहरु मार्फत संकलन गरेर उनी प्रतियोगितामा सहभागी भएको वडा अध्यक्ष टायान्द्र राईले बताए । खेलमा सहभागी हुन उनलाई एक लाख आवश्यक परेको थियो । गत वर्ष उनको खुट्टामा चोट लागेका कारण प्रतियोगितामा सहभागी हुन सकेका थिएनन् ।

प्रतिक्रिया