टेलिकम ओखलढुंगा मार्फत राधाकृष्ण मन्दिर सरसफाई

टेलिकम ओखलढुंगा मार्फत राधाकृष्ण मन्दिर सरसफाई


भिजन समाचार
954
Shares

नेपाल टेलिकम शाखा कार्यालय ओखलढंगाले मन्दिर परिसरमा सरसफाई गरेको छ । टेलिकमको २२ औं स्थापना दिवसको अवसरमा सिद्धिचरण नगरपालिका–१२ मा रहेको राधाकृष्ण मन्दिरमा सरसफाई गरिएको हो ।

कार्यालयको सामाजिक उदरदायित्व कार्यक्रम अन्तरर्गत राधाकृष्ण मन्दिर परिसरमा सरसफाई गरिएको कार्यालय प्रमुख राजु लामाले बताए । यसका साथै जनहित गुठी ओखलढंगालाई डस्टबिन, झाडु लगायत सरसफाईका सामाग्री हस्तान्तरण गरिएको प्रमुख लामाले जानकारी दिए ।

धार्मिक सम्पदाको संरक्षण, संवद्र्धन गर्ने उद्देश्यले धार्मिक स्थल परिसरमा सरसफाई गरिएको लामाको भनाई छ । टेलिकमले सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै लगेको छ ।