शेर्पा कलाकारको अध्यक्षमा पाल्मु शेर्पा चयन

शेर्पा कलाकारको अध्यक्षमा पाल्मु शेर्पा चयन


भिजन समाचार
5.1k
Shares

शेर्पा कलाकार संघको तेस्रो अधिवेशन बाट सिन्धुपाल्चाेककी पाल्मु शेर्पा अध्यक्षमा चयन भएकी छिन् । आज नेपाल शेर्पा संघको भवन काठमाण्डाैमा सम्पन्न अधिवेशनले ख्याती प्राप्त गायिका शेर्पाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा छोङबा शेर्पा (सोलुखुम्बु), महिला उपाध्यक्षमा छोकी शेर्पा (सोलुखुम्बु), महासचिवमा सोनतेन्जी शेर्पा (ओखलढुंगा), सचिवमा दाबुटी शेर्पा (दोलखा) र कोषाध्यक्षमा पेमा याङजी शेर्पा चयन भएको प्रवक्ता सोनाम याङजी शेर्पाले जानकारी दिए ।

सदस्यहरुमा दावा शेर्पा, माया शेर्पा, छिरिङ शेर्पा, ङावाङ जी शेर्पा, मिङमा शेर्पा लगायत छनौट भएका छन् ।

बरिष्ठ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा भएको अधिवेशनमा निवर्तमान अध्यक्ष कुंगा शेर्पाले संस्थाको प्रगती र आफ्ना कार्यकालमा भएका प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव ल्हमु शेर्पाले संघको वर्तमान अवस्था र भावि रणनीति योजना प्रस्तुत गरेको सचिव डिजे सोनामले जानकारी दिए ।

शेर्पा जातिको भाषा, धर्म, संस्कृति, परम्परालाई जगेर्ना गर्दै कलाकारिता मार्फत समाज रुपान्तरणमा लागि परेका कलाकारहरुलाई एकताबद्ध गराई अग्रसरता देखाउने र शेर्पा कलाकारहरुको हकहित र अवसरहरुका लागि पैरवी गर्ने हेतुले सात बर्ष अघि संघ स्थापना भएको थियो ।

नवनिर्वाचित अध्यक्ष शेर्पा, समुदायमा लोक प्रिय कलाकारको रुपमा स्थापित छिन । दर्जनौ शेर्पा तथा नेपाली गीतमा आवाज भरेकी शेर्पाले आफ्नै अभिनयमा म्यूजिक भिडियोहरु समेत बजार छन् ।

नवनिर्वाचित अध्यक्ष शेर्पाले कलाकारहरुलाई एकजुट बनाउँदै संस्थागत विकास र कलाकारहरुको उज्वल भविष्यका लागि समेत दीर्घकालिन योजना बनाएर अघि बढ्ने बताएकी छिन् ।