अनेरास्ववियु ओखलढुंगाको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन् । अनेरास्ववियु जिल्ला कमिटी ओखलढुंगाको ११औं अधिवेशन बाट गिरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा सविन कार्की, उपाध्यक्ष (महिला) लक्ष्मी दाहाल, सचिवमा सुशील घिमिरे, सह–सचिवमा अनुषा खतिवडा, चोलेन्द्र भुजेल र कोषाध्यक्षमा पुरुषोत्तम दाहाल लागयत २५ सदस्य चयन भएका छन् ।
अनेरास्ववियुलाई जिल्लामा संगठित र सशक्त बनाउँदै विद्यार्थीहरुको हकहित, शैक्षिक क्षेत्रमा रहेका समस्याका बारेमा आवज उठाउने नवनिर्वाचित अध्यक्ष गिरीले बताएका छन् । अविधिवेशन ओखलढुंगाको मोलुङ गाउँपालिका–२ रामपुरमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया