सुनकोशीः राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रबुद्ध मावि च्यानामलाई

सुनकोशीः राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रबुद्ध मावि च्यानामलाई


भिजन समाचार
212
Shares

ओखलढुंगाको सुनकोशी गाउँपालिकामा सम्पन्न गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रबुद्ध माध्यमिक विद्यालय च्यानामले जितेको छ । प्रतियोगितामा १४ स्वर्ण छ रजत र एक कास्य सहित २१ पदक प्राप्त गर्दै प्रबुद्ध पहिलो भएको हो ।

कालिका मावि सिस्नेरी दोश्रो भएको छ । कालिकाले पाँच स्वर्ण, तीन रजत र तीन कास्य सहित ११ पदक प्राप्त गरेको छ । तीन स्वर्ण, सात रजत र एक कास्य पदक सहित ११ पदकका साथ थानी मावि जेरुङ तृतीय भएको छ ।

गाउँपालिकामा सम्पन्न प्रतियोगितामा १३ वटा माध्यमिक विद्यालय तहका विद्यालयहरु सहभागी भएका थिए । विजेता विद्यालयका खेलाडीलाई गाउँपालिका अध्यक्ष कमल तामाङले शिल्ड र पुरस्कार हस्तान्तरण गरेका थिए ।

यस्तै गत बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिकाको प्रतिनिधित्व गर्दै स्वर्ण पदक विजेता नौं खेलाडीलाई अध्यक्ष तामाङले दुई÷दुई हजार नगद सहित सम्मान गरेको सुनकोशी बाट भिजन प्रतिनिधी पासाङ पाख्रीनले जानकारी दिएका छन् ।