भेटेरीनरी अस्पताल ओखलढुंगाका प्रमुख अधिकारीको सरुवा

भेटेरीनरी अस्पताल ओखलढुंगाका प्रमुख अधिकारीको सरुवा


भिजन समाचार
0
Shares

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. सुशील कुमार अधिकारीको विराटनगर सरुवा भएको छ । जिल्लामा दुई बर्ष चार महिना भेटेरीनरी अस्पताल प्रमुखको रुपमा कार्यरत अधिकारीको पदोन्नती भई पशुपंछी तथा मत्स्य विकास निर्देशनालय विराटनगर सुरुवा भएको हो ।

आफ्नो कार्यकालमा कार्यक्षेत्र पशुपंछी मार्फत किसानको आयआर्जन वृद्धि र जिविकोपार्जन सुधारका लागि विभिन्न काम गरेको उनले स्मरण गरे । आफ्नो कार्यकालमा दुध र मासुको उत्पादन वृद्धि गराई आत्मनिर्भर बनाउने काम भएको प्रमुख अधिकारीले जानकारी गराए ।

बजेट, जनशक्ति, स्रोत साधनको अभाव, भौगोलिक अवस्था लगायतका चुनौतिका बाबजुत पनि किसानहरुलाई पशुपंछीपालन मार्फत जीवनस्तर उकास्न आफु लगायत कार्यालयले गरेका केही प्रयास सफल भएको उनले बताएका छन् ।

ओखलढुंगा सुन्दर, शान्तसँगै यहाँका मानिसहरु सकारात्मक, जागरुक र सहयोगी भावनाको आफुले पाएको पनि अधिकारीले बताएका छन् ।