प्रेस चौतारी ओखलढुंगाको अध्यक्षमा मुनाल निर्वाचित

भिजन समाचार
150
Shares

प्रेस चौतारी नेपाल ओखलढुंगा शाखाको अध्यक्षमा प्रविण मुनाल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न शाखाको पाँचौ अधिवेशन बाट मुदेल अध्यक्षमा सर्वसम्मत छनौट भएका हुन् ।

अधिवेशन बाट उपाध्यक्षमा यमुलाल ढकाल, देविका राई, सचिवमा कृष्णजित राई, सह–सचिवमा लक्ष्मी बानिया, कोषाध्यक्षमा राधा बानिया छनाैट भएका छन् । सदस्यहरुमा उद्धवराज राई, सजिना राई, रसिलामाया राई, पासाङ तामाङ र सागर उपकार छन् । रबिन श्रेष्ठ, सरस्वती बानिया र प्रविण मुनाल (पदेना) केन्द्रीय प्रतिनिधिमा छनौट भएका छन् ।

अधिवेशनकाे अवसरमा चाैतारीका संस्थापक अध्यक्ष टुकराज निराैला, पुर्व अध्यक्षहरु शिव प्रसाद ढुंगाना र पुर्णप्रसाद न्याैपानेलाई सम्मान गरिएकाे छ । पत्रकारहरूको हकहित संरक्षण, प्रेस स्वतन्त्रता प्रवद्र्धन र जिल्लामा पत्रकारिताको स्तर उकास्न थप कार्ययोजना अघि बढाउने नवनिर्वाचित कार्यसमितिले प्रतिबद्धता व्यक्त गरेको छ।

अधिवेशनको उद्घाटन कार्यक्रममा प्रेस चौतारी केन्द्रिय सदस्य तथा इन्चार्ज नुतन श्रेष्ठ, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्का, नेकपा एमाले जिल्ला सचिव अशोक थापा, नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष तथा प्रेस चौतारी केन्द्रिय अनुशासन आयोग सचिव पूर्णप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।