डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाको विभिन्न नौं स्थानमा रिजर्भ पोखरी बनाउन थालेको छ । सुख्खा मौसममा हुने आगलागी, डढेलो रोक्न र जंगलको सुख्खापन रोक्न पोखरी बनाइरहेको हो ।
कार्यालयले चालु आर्थिक बर्षमा विनियोजन गरेको दुई लाख ३० हजार बजेट तथा स्थानीय वन समूह र समुदायको १० प्रतिशत लगानीमा तीन पालिका ३-३ वटा रिजर्भ पोखरी बनाउने काम भइरहेका कार्यालयका सूचना अधिकारी हरिकाजी राईले जानकारी दिए ।
उनका अनुसार जिल्लाको सिद्धिचरण नगरपालिकाका विभिन्न वनमा तीन वटा, मानेभन्ज्याङ गाउँपालिका र चिशंखुगढी गाउँपालिमा पनि ३-३ वटा रिजर्भ पोखरी बनेका छन् । हिउँदको समयमा डढेलो बन सखाप हुने, वनस्पतिमा क्षति पुग्ने र सोही आगो बस्ती पस्ने जोखिम हुने भएकाले यसको न्यूनीकरणमा रिजर्भ पोखरी सहयोगीसिद्ध हुने उनको दाबी छ ।
पोखरीको पानीबाट जंगलमा चिस्यान हुने भएकाले हरियाली बढ्ने पनि अपेक्षा गरिएको छ । यसका साथै सामुदायिक वनसँगको साझेदारीमा आगलागी रोक्न पुर्वतयारीका लागि सचेतनासँगै, जंगलमा रहेको अनावश्यक झाडी फडानी गर्ने, अग्नी निरोधक रेखा बनाउने लगायतका काम भइरहेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया