नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) ओखलढुंगाको अध्यक्षमा रविन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम सोमबार सम्पन्न फोनिजको तेस्रो जिल्ला अधिवेशनले नेपाल पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठको अध्यक्षतामा रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा मेनुका श्रेष्ठ, सचिवमा तुलसा राई, सहसचिवमा देविका राई र कोषाध्यक्षमा निश्चल राजभण्डारी निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा माया राई, लिला बहादुर श्रेष्ठ, सारदा राई, प्रविण शाक्य र सोनिमा शेर्पा रहेका छन् ।
यस्तै सङ्घीय प्रतिनिधिमा बिनुमाया राई र दिपेन्द्र रुम्दाली चयन भएका छन् । प्रादेशिक प्रतिनिधिमा लिला बहादुर सुनुवार, विक्रम चेतनशिल राई, बुङ्वातुङ राई र हविन्द्र राईलाई चयन गरिएको छ ।

जिल्ला अधिवेशमा फोनिजका केन्द्रिय पुर्व सल्लाहकार सञ्जय सन्तोषी राईको प्रमुख अतिथ्यता र फोनिज कोशी प्रदेश प्रतिनिधि ब्रमलाल हजारीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
निर्वाचित भएसँगै अघिल्लो कार्यकालमा पुरा हुन नसकेका काम यस कार्यकालमा पुरा गर्ने अध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा विभिन्न राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, नेपाल पत्रकार महासंघका पदाधिकारी तथा सदस्य लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया