मानेभञ्ज्याङः राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई

मानेभञ्ज्याङः राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माविलाई


भिजन समाचार
636
Shares

मानेभञ्ज्याङ गाउँपालिकाको पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधी भगवती माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगितामा भगवतीले नौ स्वर्ण, ११ रजत र  २ कास्य गरि २२ पदक हासिल गरेर प्रतियोगितामा पहिलो भएको हो । 

प्रतियोगितामा आठ स्वर्ण, पाँच रजत र छ कास्य गरि १९ पदक सहित हर्कपुर माध्यमिक विद्यालय दोश्रो भएको छ । पाँच स्वर्ण, चार रजत र दुई कास्य सहित कालिका माध्यमिक विद्यालय मोली तश्रो भएको छ ।

प्रथम हुने विद्यालयले शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्रको साथका नगत २० हजार प्रोत्साहन स्वरुप पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । दोश्रो हुने विद्यालयले मेडल, ट्रफी, प्रमाण पत्रको साथका नगद १६ हजार प्राप्त गरेको छ । त्यस्तै तेश्रो हुनेले मेडल, ट्रफी र प्रमाण पत्रको साथका नगत १० हजार प्राप्त गरेको मानेभञ्ज्याङ गाउँपालिकाले जनाएको छ ।

मानेभञ्ज्याङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ को समापन सँगै कुल स्वर्ण, रजत र कास्य पदक विवरण तपसिल बमोजिम रहेको छ ।

१.भगवती मावि : ९-११-२

२.हर्कपुर मावि : ८-५-६

३.कालीका मावि : ५-४-२

४.निकेतन मावि : ३-२-६

५.भिमसेनस्थान मावि : ३-१-३

६.राज्यलक्ष्मी मावि : २-६-५

७.मनकामना मावि : ०-१-४

८.महादेवस्थान मावि : ०-०-२