ओखलढुंगाको मानेभन्ज्याङमा भएको अन्तरपालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चम्पादेवी गाउँपालिकाले जितेको छ । फाइनल खेलमा भोजपुरको हतुवागढी गाउँपालिकालाई ३–१ को सेटले हराउँदै ओखलढुंगाको चम्पादेवी गाउँपालिका पलापुको खेलाडी टिमले उपाधि जितेको हो ।
प्रतियोगितामा आयोजक मानेभन्ज्याङ गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै दुर्गा वक्स गण ओखलढुंगा तृतीय भएको छ ।
प्रतियोगितामा विजेता र उपविजेता हुने टिमले क्रमश नगद रु १ लाख ५१ हजार १ सय ५१ को साथमा शिल्ड मेडल प्रमाण–पत्र र ७५ हजार ७५को साथमा शिल्ड मेडल प्रमाण–पत्र प्राप्त गरेका छन् । यस्तै तृतिय हुने टिमले नगद ३५ हजार ३५ को साथमा शिल्ड मेडल प्रमाण– पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताका वेष्ट प्लेयर वेष्ट इपाइकर, वेष्ट व्लकर, वेष्ट सेटर र वेष्ट लिब्रोलाई नगद ५ हजारको साथमा शिल्ड मेडल प्रमाण–पत्रका प्रदान गरिएको आयोजक मोली सेवा समाजका अध्यक्ष दिपेन्द्र रुम्दालीले जानकारी दिए ।
“पर्यटन प्रबद्र्धन, कृषि र पूर्वाधार, स्वस्थ जनशक्ती विकासका साँझेदार” भन्ने मुल नाराका साथ मोली सेवा समाजको आयोजना र मानेभञ्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको पूर्व मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरेका थिए ।
मानेभन्ज्याङ गाउँपालिका–१ मोलीमा गत पौष ५ गतेदेखि सञ्चालन भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतिक्रिया