गाई सुत्केरी भए १० हजार अनुदान

गाई सुत्केरी भए १० हजार अनुदान


भिजन समाचार
159
Shares

गाईको बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका गुल्मीको एउटा स्थानिय तहले फरक कार्यक्रम ल्याएको छ । गुल्मीको सत्यवती गाउँपालिकाले पालिका भित्रका गाई सुत्केरी भए १० हजार रुपियाँ अनुदान कार्यक्रम ल्याएको हो ।

पालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार। उक्त बाच्छी सुत्केरी भएमा गाईपालक कृषकलाई १० हजार रुपियाँ अनुदान दिने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । अनुदान प्राप्त गर्न पहिलो पटक सुत्केरी भएको बाच्छी हुनुपर्नेछ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार २०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको गाई पहिलो पटक सुत्केरी भएमा १० हजार रुपियाँ अनुदान स्वरुप कृषकलाई प्रदान गरिनेछ । उक्त अनुदान लिनका लागि असोज ५ गतेसम्म आफूले पालेको कोरेली गाई वाली भएको जानकारी पालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्ने छ ।