राहदानी सेवा अवरुद्ध

राहदानी सेवा अवरुद्ध


भिजन समाचार
954
Shares

जिल्ला प्रशासन कार्यालयमा राहदानी सेवा अवरुद्ध भएको छ । एक सूचना जारी गर्दै कार्यालयले गत मंसिर ५ गते देखी राहदानी सेवा अवरुद्ध रहेको जनाएको छ ।
केन्द्रिय सर्भरमा आएको समस्याका कारणले अनलाइन कार्य हुन नसकेको र उक्त समस्या समाधान कहिले हुने भन्नेबारे हालसम्म कुनै जानकारी नआएकोले सेवा बन्द रहेको प्रमुख जिल्ला अधिकारी डा.नारायण ढकालले बताए ।
अर्को सूचना जारी नभएसम्म लागि बायोमेट्रिक तथा फोटो खिच्ने कार्य अवरुद्ध भएको र सुचारु भएपछि सेवाग्राहीलाई जानकारी गराइने प्रजिअ ढकालको भनाई छ ।
तयार भएको राहदानी वितरण भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।