ओखलढुङ्गामा उपनिर्वाचनलाई लक्षित गरि कडा सुरक्षा व्यवस्था

ओखलढुङ्गामा उपनिर्वाचनलाई लक्षित गरि कडा सुरक्षा व्यवस्था



ओखलढुङ्गामा यही मङ्शिर १६ गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भय रहित शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडाई गरिएको छ । उपनिर्वाचनलाई लक्षित सुरक्षा योजनाको बनाएर शान्ति सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

निर्वाचन स्थानिय तह र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । शान्ति सुरक्षलाई ध्यानमा राखेर मदिराको ओसार–पसार, बिक्री र प्रयोगमा पनि प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । निर्वाचन हुने क्षेत्रमा यातायातको सहज सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित स्थानिय तहलाई निर्देशन दिइएको प्रजिअ ढकालको भनाई छ ।

मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिईएका जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला समन्वय समिति प्रमुख र मोलुङ गाउँपालिका वडा नं.५ को वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुदैछ ।

जिसस प्रमुखका लागि नेपाली काँग्रेसको तर्फ बाट टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । जिसस प्रमुख पदका लागि भट्टराईको एकल उम्मेदवारी परेको छ । आधिकारिक घाेषणा हुन मात्र बाँकी छ । मोलुङ गाउँपालिका–५ को वडा अध्यक्षको लागि आठ जनाको उम्मेदवारी परेको मध्ये दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत विभिन्न दलका छ जना उम्मेदवार विच चुवानी प्रतिष्पर्धामा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भए पछि उपनिर्वाचन हुन लागेको हो ।