विद्युतीय अपराध आरोपमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई बुधबार सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइका लागि प्रसाईलाई उपस्थित गराईएको हो ।
पक्राउ परेका प्रसाईंका छोरा निराजनले उनको रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गरेका थिए ।
यसअघि मंगलबार पनि प्रसाईंलाई प्रहरीले सर्वोच्चमा उपस्थित गराएको थियो । सर्वोच्चले उनलाई पक्राउ गर्नुको कारणसहित दुई दिनभित्रमा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको थियो ।
दुर्गाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गम्भीर आरोपसहितका ‘भ्रामक’ सामग्री प्रचार गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रसाईंलाई यहीँ मंसिर ४ गते भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रतिक्रिया