सगरमाथा जनता माध्यमिक विद्यालय ओखलढुंगाले सामाजिक परिक्षण गरि आम्दानी खर्च बराबर भएको प्रतिवेदन सार्वजनिक गरेको छ । विद्यालयको आर्थिक वर्ष २०८०/०८१ मा आन्दानी खर्च बराबर भएको प्रतिवेदन सार्वजनिक गरिएको हो ।
विद्यालयले पाँच करोड ६२ लाख आठ हजार ५९३ रुपैया ९५ पैसा बराबरको आम्दानी गरेको र खर्च पनि सोही परिमाणमा भएको विद्यालयका प्रधानध्यापक डिल्ली कार्कीले जानकारी दिए ।
विद्यालयको आर्थिक अवस्था सबल भए पनि विद्यालयमा दैनिक रुपमा आइपर्ने समस्याहरुलाई मध्यनजर गरि सदुपयोगमा ध्यान पु¥याउन आवश्यक रहेको समाजिक परीक्षण समितिका संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष अशेष श्रेष्ठले बताए ।
विद्यालयको सामाजिक परिक्षण सार्वजनिकिरण कार्यक्रमको अवसरमा दाताहरुबाट विद्यालयमा स्थापना गरिएको अक्षयकोषको ब्याज बाट कक्षा १ देखि १२ सम्मका १११ जना विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ ।
प्रतिक्रिया