आठ महिना देखि जिल्ला अस्पतालको अक्सिजन प्लान्टमा समस्या

आठ महिना देखि जिल्ला अस्पतालको अक्सिजन प्लान्टमा समस्या


भिजन समाचार
795
Shares

आठ महिना देखि जिल्ला अस्पताल रुम्जाटार ओखढुङ्गाको अक्सिजन प्लान्टमा समस्या आएको छ । विगत आठ महिना अघि देखि अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको हो ।

जसका कारण अस्पतालका सेवाग्राही मर्कामा परेका छन् । अक्सिजन प्लान्टको अक्सिजन भर्ने यन्त्रमा समस्या आएको अस्पताल प्रमुख डा. साजन दुवालले बताए । अक्सिजन उत्पादन भए पनि उक्त यन्त्रमा समस्या आउँदा सिलिन्डरमा भर्न नमिल्ने समस्या भहेको डा. दुवालको भनाई छ ।

प्लान्टमा समस्या आउँदा दमका बिरामी र उपचारको क्रममा अक्सिजन दिनुपर्ने बिरामीलाई समस्या हुने गरेको दुवालको भनाई छ । अस्पतालको अक्सिजन प्लान्टमा समस्या आएको बिषयमा प्रदेश सरकारलाई जानकारी गराई मर्मतका लागि पटक पटक आवश्यक बजेट माग गरिएको भएपनि आठ महिना वित्दा पनि मर्मतको व्यवस्था नभएको डा. दुवालले जानकारी दिए ।

प्लान्टमा समस्या आउँदा दमका बिरामी र उपचारको लागि अक्सिजन आवश्यक पर्ने बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पताल रुम्जाटारले जनाएको छ ।