११५ जनाको निःशुल्क आँखा परिक्षण

११५ जनाको निःशुल्क आँखा परिक्षण


भिजन समाचार
2.2k
Shares

ओखलढुंगा सदरमुकाममा सञ्चालित एक दिने निःशुल्क मोतिबिन्दु छनोट शिविरमा ११५ जनाको आँखा परिक्षण गरिएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र ओखलढुंगा, तिलगंगा आँखा प्रतिष्ठान गौशाला काठमाण्डौ र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको आयोजनामा सञ्चालन गरिएको शिविरमा ११५ जनाको आखाँको निःशुल्क परिक्षण, उपचार र मोतिबिन्दु समस्याको छनोट गरिएको हो ।

आँखा स्वास्थ्य परिक्षण गर्दा २० जनाको शल्यक्रिया गर्नुपर्ने समस्या भेटिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टिका राईले जानकारी दिइन् । अन्यलाई आँखा स्वाथ्य जाँच, उपचार र परामर्श सेवा तथा औषधि वितरण गरिएको राईको भनाई छ ।

मोतिबिन्दुको शल्यक्रियाको लागि छनोट भएका बिरामीको यहि मंसिर २२ र २३ गते तिलगंगा आँखा प्रतिष्ठानका दक्ष चिकित्सकहरु बाट केन्द्रमा शल्यक्रिया गरिनेछ ।

यसैबिच यहि मंसिर १८ गते मोलुङ गाउँपालिका–६ श्रीचौर वडा कार्यालय परिसरमा पनि मोतिबिन्दु छनोट शिवर सञ्चालन हुने केन्द्रले जनाएको छ । यस अघि मंसिर ११ गते श्रीचौरमा शिविर राख्ने भनिए पनि उप–निर्वाचन परेकोले शिविर १८ गते सञ्चालन हुने भएको छ ।