आर्थिक संकलन गरेर क्यान्सरको उपचार

आर्थिक संकलन गरेर क्यान्सरको उपचार


भिजन समाचार
3.2k
Shares

सुनकोशी गाउँपालिका–१ बलखु ओखलढुंगाका शक्तिलाल राई क्यान्सर रोग बाट पीडित छन् । ५६ वर्षिय राईको घाँटीमा क्यान्सर भएको छ । उनको वीर अस्पताल काठमाण्डौमा उपचार भईरहेको छ । किमो गर्दा पनि समस्या समाधान नभए पछि थप उपचारका लागि विभिन्न संघ सस्था र व्यक्तिहरु बाट आर्थिक सहयोग संकलन अभियान सञ्चालन भईहरेको छ ।

अहिले सम्म करिब चार लाख आर्थिक सहयोग संकलन भएको राईको पारिवारिक श्रोतले जनाएका छन् । यस अघि उनको उपचारका लागि पाँच लाख बढी खर्च भईसकेको बताईएको छ । स्थानिय प्रतिभावान प्रगतिशिल युवा क्लब लगायत अन्य संघ सस्था र व्यक्तिहरुले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेका छन् ।

देउसी खेलेर क्यान्सर पीडितलाई सहयोग

तिहारको अवसरमा देउसी भैलो खेलेर उठेको रकम बाट क्यान्सर पीडितलाई सहयोग गरिएको छ । सुनकोशी गाउँपालिका–१ आम्बोट ओखलढुंगाको प्रतिभावान प्रगतिशील युवा क्लबले खेलेको देउसी भैलो बाट सङ्कलन भएको रकम बाट क्यान्सर पीडितलाई सहयोग गरिएको हो ।

सोही वडाको क्यान्सर पीडित शक्तीलाल राई र दिपा राईलाई नगद पाँच हजारका दरले आर्थिक सहयोग गरिएको क्लबका अध्यक्ष हविन्द्र राईले बताए । उनिहरुको उपचारमा सहयोग गर्ने उद्देश्यले आर्थिक सहयोग गरिएको राईको भनाई छ ।

राई द्वयको काठमाण्डौको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । यसका साथैदेउसी भैलो बाट सङ्कलन भएको रकमले बंगुर पालन कार्यक्रम सञ्चालन गर्ने योजना बनाईएको क्लबका उपाध्यक्ष देबेन्द्र राईले जानकारी दिए । विपन्न घर परिवारलाई सहयोग गर्ने र क्लबको आर्थिक श्रोत वृद्धि गर्ने उद्देश्यले तीन घर परिवारलाई अधियामा बंगुर पालन गर्न दिने योजना बनाईएको राईको भनाई छ ।